८ असार २०८३, सोमबार

नेतान्याहुद्वारा आफ्ना लक्ष्य प्राप्त नगरेसम्म युद्ध अन्त्य नहुने घोषणा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेल अवीव, २३ पुस । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले आफ्ना सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध अन्त्त नहुने घोषणा गरेका छन् । विशेष गरी हमासको विनाश नभएसम्म गाजामा युद्ध समाप्त नहुने उनको उद्घोष छ ।

‘तीन महिनाअघि हमासले हाम्रो विरुद्ध भयानक नरसंहार गरेको थियो,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । सरकारले हमासलाई हटाउन युद्धमा जान, हाम्रा बन्धकहरूलाई फिर्ता गर्न र गाजा द्वन्द्व फेरि कहिल्यै नहोस् भनेर सुनिश्चित गर्न निर्देशन दिएको उनले बताएका छन् ।

‘हामीले सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध रोक्न हुँदैन,’ नेतन्याहुले भने । उनले हमासलाई कुनै पनि प्रकारको उन्मुक्ति नदिने र दक्षिण र उत्तर दुवैमा सुरक्षा पुनः स्थापना नगरेसम्म लड्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । एएनआई