
सिड्नी, २२ पुस । पश्चिमी अस्ट्रेलियाको व्हिटबेल्ट क्षेत्रमा माइक्रोलाइट विमान दुर्घटना हुँदा ६९ वर्षीय पाइलटको मृत्यु भएको छ ।
पश्चिमी अष्ट्रेलियाको प्रहरी बलले शनिबार जनाए अनुसार (स्थानीय समय) बिहान ११ बजेपछि सो दुर्घटना भएको हो । पाइलटलाई गम्भीर चोट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना बारे अनुसन्धान जारी छ । सिन्ह्वा








प्रतिक्रिया