२० असार २०८३, शनिबार

बंगलादेशमा रेलमा आगलागी हुँदा ४ जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका, २१ पुस । बंगलादेशको राजधानी ढाकामा शुक्रबार राति एउटा यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमले बेनापोल एक्सप्रेस यात्रुवाहक रेलमा राति ९ः०५ बजे अज्ञात समूहले आगजनी गरेको जनाएका छन् । स्थानीय समय अनुसार राजधानीको गोपीबाग क्षेत्रमा भएको आगलागी राति १०ः२० बजे नियन्त्रणमा आएको थियो ।

आगलाागीमा मृत्यु भएकाहरूको तत्काल पहिचान हुन नसकेको ढाका महानगरीय प्रहरी उपायुक्त इकबाल हुसेनले पत्रकारहरुलाई बताएका छन् ।