
काठमाडौं, २१ पुस । लोकलयमा आधारित गीत ‘साठीमा चट्ट रमाउला’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
काका भतिजको प्रस्तुती रहेको उक्त गीत जिके इन्टरटेन्टमेन्टको युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक भएको हो ।
रामकुमार नेपाली र मुना ठटालको स्वरमा रहेको ‘साठीमा चट्ट रमाउँला’ गीतमा अमृत भारतीको शब्द र राम कुमार नेपालीको संगित रहेको छ ।
दिपेन्द्र कुमारको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा चर्चित कलाकार रामचन्द्र अधिकारीसँगै कुमार भारती, विनोद बोलाखे, कविता पुन मगर, अभिलाषा कार्की, सागर घिमिरे र दिपक पराजुलिको अभिनय देख्न सकिन्छ ।








प्रतिक्रिया