
काठमाडौं, १७ पुस । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको करौडौं रकम हिनामिना गरेको आरोपमा फरार रहेकामध्ये दुईजनाले अदालतमा आत्मसमर्पण गरेका छन् ।
सहकारीका सञ्चालक समिति सदस्य भविश्वर अर्याल र पूर्वसञ्चालक सदस्य शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ ले कास्की जिल्ला अदालतमा आत्मसमर्मण गरेका हुन् ।
उनीहरूको आजै थुनछेक बयान लिइएको छ ।
उनीहरूलाई कारागार चलान गर्ने कि तारेखमा छाड्ने भनेर भोलि आदेश आउने बताइएको छ ।








प्रतिक्रिया