३० असार २०८३, मंगलबार

मेयर बालेनले गरे तीनजना कर्मचारी निलम्बन

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले तीनजना कर्मचारीलाई निलम्बन गरेका छन् ।

कार्यपालिकाको निर्णयविपरीत काम गरेको आरोप लगाउँदै मेयर बालेनले उनीहरूलाई निलम्बन गरेका हुन् ।

मेयर बालेनले आफ्नै सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन गरेका हुन् ।

नगरसभाको २३ औँ बैठकको निर्णय विपरीत उनीहरूले कार्य गरेको पाइएको महानगरले जनाएको छ ।

नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर त्यसमा वरिष्ठ शाखा अधिकृत बिडारीले नियतवश आफ्नो छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी छ जना बनाएको पाइएको छ ।