
काठमाडौं, १७ पुस । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच गोप्य भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच करिब ४५ मिनेट गोप्य भेटवार्ता भएको हो । दुई शीर्ष नेताबीच राष्ट्रियसभा निर्वाचनमा मिलेर जाने विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।
राष्ट्रियसभा निर्वाचनको मुखमा दुई शीर्ष नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।








प्रतिक्रिया