३२ असार २०८३, बिहिबार

क्यारियर कनेक्ट प्रालिका सञ्चालक पवनकुमार झा भन्छन् – म भागेको छैन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । करोडौं ठगेर फरार भएका भनिएका काठमाडौंको पुरानोबानेश्वरस्थित कात्यानी चोकमा अवस्थित एजुकेशन कन्सल्टेन्सी ‘क्यारियर कनेक्ट प्रालिका सञ्चालक पवनकुमार झाले आफू नभागेको बताएका छन् ।

दैनिक नेपाल डटकमले गत मंसिर १३ गते प्रकाशित गरेको ‘क्यानडा पठाउने प्रलोभन देखाइ करोडौँ रकम ठगेर कन्सल्टेन्सी सञ्चालक फरार’ शीर्षकको समाचारको खण्डन गर्दै उनले आफू फरार नभएको र पीडितहरूको नै काम गरिरहेको बताएका हुन् ।

वर्क परमिट भिसामा क्यानडा पठाउने भन्दै पवनकुमार झा मुख्य सञ्चालक रहेको एजुकेशन कन्सल्टेन्सी ‘क्यारियर कनेक्ट प्रालिले ठगी गरेको तथ्य र प्रमाणहरू बोकेर पीडितहरू दैनिक नेपालको सम्पर्कमा आएपछि सो समाचार समाचार प्रकाशित भएको थियो । तर, सञ्चालक झाले पीडितको रकम फिर्ता गर्न आफूहरू प्रयासरत रहेको र छिट्टै फिर्ता गर्ने बताएका छन् ।

क्यानडा र भारतबीचको राजनीतिक स्तरको तनाब र सम्बन्धित निकायमा कर्मचारी कटौतीको कारणले विशेष परिस्थिति सृजना भइ भिसा झिकाउन तथा पैसा फिर्ता गर्न ढिलाई भएको सञ्चालक झाले स्वीकार गरेका छन् । उनले आफू फरार नभएर एजेन्सीसँगै रहेका काम गरिहेको दाबी समेत गरेका छन् ।

तर, दैनिक नेपाल आफ्नो समाचार स्रोतप्रति विश्वस्त रहेको छ । स्वयम् पीडितहरूले उपलब्ध गराएको प्रमाणका आधारमा समाचार प्रकाशित गरिएको थियो ।