
काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका सांसद दीपक खड्काले वन मन्त्रालयभित्रै अनसन बस्ने घोषणा गरेका छन् ।
आफ्नै लगानीमा रिसोर्ट खोल्न लागेका उनलाई सरकारले अनुमति नदिएपछि उनले अनसन बस्ने घोषणा गरेका हुन् । रिसोर्ट सञ्चालनका लागि ४ वर्षसम्म सरकारी निकायले अनुमति नदिएर झुलाएको उनले आरोप लगाएका छन् ।
‘४ वर्ष भएछ फाइल थन्केर बसेको । सुरुमा कर्मचारी नभएको कारण फाइल अघि बढेन भनियो । तर, अघि बढिसकेपछि चाहिँ ईआईए पास नभईकन निर्माण थालिएछ भनेर ५ लाख रुपैयाँ पेनाल्टी तिराउनु भयो’, उनले भने, ‘पेनाल्टी तिरेर सुनुवाइ भइसकेपछि फेरि निकुञ्जको कार्यविधिअनुसार भएन भन्नुहुन्छ । साढे २ तलाभन्दा बनाउन पाइँदैन रे ।’
आफ्नो काम अझैपनि हुन नसकेको खण्डमा मन्त्रालयभित्र अनसन बस्ने उनले घोषणा गरेका हुन् ।









प्रतिक्रिया