१८ असार २०८३, बिहिबार

रूसी सेनामा रहेका थप तीनजना नेपालीको मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । रुसी सेनामा रहेका थप तीनजना नेपालीको मृत्यु भएको छ । युक्रेनी सेनाको आक्रमणमा परेर उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका छन् । यसअघि रूसी सेनामा रहेका सातजना नेपालीको मृत्यु भइसकेको छ ।

योसँगै हालसम्म रूसी सेनामा रहेका दश जना नेपालीको मृत्यु भएको छ ।

यस्तै, चारजना नेपाली युक्रेनी सेनाको कब्जामा रहेका छन् ।