१५ असार २०८३, सोमबार

विद्यार्थीहरुको आत्मबल बलियो बनाउन विद्यालय खेलकुद महत्वपूर्ण हुन्छ: मेयर बालेन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले विद्यार्थीहरुको आत्मबल बलियो बनाउनका लागि पनि विद्यालय खेलकुद महत्वपूर्ण हुने बताएका छन् ।

काठमाडौंमा तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मेयर बालेनले आगामी दिनमा प्रतियोगितामा विद्यार्थीहरूको संख्या बढाउँदै लैजाने उल्लेख गरे ।

काठमाडौं महानगरद्वारा आयोजित प्रतियोगीतामा भलिवल खेलमा ८ सय जना, कवड्डी खेलमा ८ सय जना, तेक्वान्दो खेलमा ३ सय जना, कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना गरी जम्मा ३ हजार २५० छात्रछात्रा खेलाडीले भाग लिनेछन् ।

तीन दिनसम्म चल्ने प्रतियोगीतामा ८३ विद्यालयको सहभागीता रहेको छ ।