१० श्रावण २०८३, आइतबार

खेलकुद क्षेत्रको विकासका लागि तीनै तहले ध्यान दिनुपर्छ: राष्ट्रपति पौडेल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रको विकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले खेलकुदको माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वासका साथै अन्तरनिहीत प्रतिभाको विकास गर्न सक्ने भएकाले यस क्षेत्रको विकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्ने बताएका हुन् ।

खेलकुदले युवालाई शारीरिक रुपमा स्वस्थ बनाउने र सामाजिक परिवेशमा भिज्न योगदान पुर्‍याउने उनले बताए । राष्ट्रपतिले शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र शसक्तीकरणको प्राण भएको पनि धारणा राखे ।

शिक्षण सिकाईका रूपमा खेलकुदलाई सबै विद्यालयमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।