
काठमाडौं, १७ पुस । सत्तारूढ नेपाली काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको छ । छलफलमा राष्ट्रियसभाको सीट भागबन्डाका विषयमा छलफल भएको हो ।
बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, नेता रमेश लेखक सहभागी थिए।
राष्ट्रियसभा सदस्यको सिट बाँडफाँटका लागि थप छलफल गर्न बुधवार गठबन्धनको बैठक बस्ने बताइएको छ ।
कांग्रेस र माओवादी केन्द्रबीच भएको एमालेको रिक्त ९ सिटमा दुई दलबीच मात्र भागबन्डा गर्ने गरी छलफल भएको बताइएको छ ।








प्रतिक्रिया