११ श्रावण २०८३, सोमबार

मणिपुरमा फेरि हिंसा भड्कियो, नयाँ वर्षको पहिलो दिन गोली प्रहार गरी ३ जनाको हत्या

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ । नयाँ वर्षको पहिलो दिन सोमबार साँझ ठौबलको लेङ्गोल पहाडी क्षेत्रमा तीन जनाको गोली हानी हत्या भएको छ भने ११ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणकारीले तीनवटा गाडीमा पनि आगजनी गरेका छन् ।

अधिकारीहरूका अनुसार आक्रमणकारीहरू लिलोङ चिङ्जाओ क्षेत्रमा फिरौती लिन आएका थिए, त्यसपछि विवाद सुरु भयो । स्थानीयवासीले आक्रमणकारीलाई लखेटे पनि आक्रमणकारीले भाग्ने क्रममा गोली चलाएका थिए । अभियुक्तहरुको अझै पहिचान हुन सकेको छैन् ।

मारिनेहरु मुस्लिम रहेको बताइएको छ । घाइतेहरुलाई अस्पताल लगिएको छ । तीमध्ये केहीको अवस्था चिन्ताजनक रहेको र घटनापछि उक्त क्षेत्रमा तनाव छ । घटनापछि इम्फाल पूर्व, इम्फाल पश्चिम, थौबल, कक्चिङ र विष्णुपुर जिल्लामा पुनः कर्फ्यू लगाइएको छ ।

यसैबीच, मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले एक भिडियो सन्देशमा हिंसाको निन्दा गर्दै स्थानीयहरुलाई शान्ति कायम राख्न अपिल गरेका छन् । उनले सत्तारुढ दलका सबै मन्त्री र विधायकको आकस्मिक बैठक पनि बोलाएका छन् ।