
काठमाडौं, १६ पुस । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जघन्य अपराधलाई पनि माफी दिनेगरी विधेयक ल्याएकोमा आपत्ति जनाएका छन् ।
आज कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरुको छलफलमा बोल्दै उनले अपराधलाई उन्मुक्ति र माफी दिने ऐन ल्याएको आरोप लगाएका हुन्।
हिंसात्मक गतिविधिबाट शान्तिप्रक्रियामा आउँदा पहिला गरेका सबै अपराधलाई उन्मुक्ति र माफी दिने ऐन संशोधनमा ल्याउनुआपत्ति र खेदजनक रहेको भन्दै सरकारलाई यस्तो सोच कहाँबाट आयो ? भन्दै प्रश्न गरे।
‘मुलुकको कानून र संविधानलाई मान्छु भनेर सरकारसँग सहमति गर्न तयार भयो भने जति नै अपराध गरे पनि उन्मुक्ति दिने र सजाय माफी दिने ऐन ल्याउन खोजिएको छ। यो अत्यन्तै आपत्तिजनक र खेदजनक छ। सरकारलाई यो सोच कहाँबाट आयो?’ उनले भने ।








प्रतिक्रिया