१० असार २०८३, बुधबार

बालकुमारी घटनाका मृतक परिवार र सरकारबीच के-के सहमति भयो ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । नेपाल सरकार र बालकुमारी घटनामा मृतकका परिवारबीच सहमति भएको छ ।

आज सिंहदरबारमा दुई पक्षबीच चार बुँदे सहमति भएको हो । सहमतिसँगै मृतकका परिवारले शव उठाउने भएका छन् ।

सहमतिअनुसार पहिलो बुँदामा मृतक परिवारका एक/एक जना सदस्यलाई रोजगारी उपलब्ध गराउने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन आवश्यक सहजीकरण गर्ने, मृतक सुजन राउत र वीरेन्द्र शाहलाई सहिद घोषणा गर्ने र मृतकका परिवारले आजै शव बुझ्ने साथै शव सम्बन्धित जिल्लामा पुर्‍याउन गृहमन्त्रालयले व्यवस्था मिलाउने उल्लेख छ ।