१५ असार २०८३, सोमबार

बालकुमारी घटनामा गृहमन्त्री र आईजीपीको स्पष्टीकरण- मन्त्रीको कारण ठूलो घटना घट्यो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाका दोषीलाई कारवाही गर्ने प्रतिवद्धता बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त घटनामा केही कमजोरी देखिएको भन्दै अनुसन्धानबाट घटनाका दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएका हुन् । अनुसन्धानलाई सहज बनाउन ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले मृतकका परिवारलाई जनही १० लाख राहतको व्यवस्था गरिएको जानकारी दिए ।

मृतकको परिवारलाई इपिएस फण्ड र वैदेशिक रोजगार बोर्डमार्फत अतिरिक्त सुविधाका लागि पहल भइरहेको उनको भनाइ छ । प्रहरी बललाई स्थितिलाई नियन्त्रणमा लिनका लागि गोली नै नचलाउनु भन्ने सर्कुलर नै गरिएको उनले स्पष्ट पारे । गृहमन्त्री श्रेष्ठले युवाहरुले प्रदर्शन गरिरहदा मन्त्री प्रकाश ज्वालाको गाडी प्रदर्शनस्थलमा पुगेपछि भीड थप आक्रामक देखिएको पाइएको उल्लेख गरे ।

बैठकमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ईपिस कार्यालयमा रहेको प्रदर्शनलाई तीतरवितर पारेको अवस्थामा मन्त्रीको गाडी पुगेपछि भीड आक्रमक देखिएको जिकिर गरे ।

मन्त्रीको सुरक्षाका लागि प्रहरीले बल प्रयोग गरेका कारण घटना घटेको उनको भनाइ छ । त्यस्तै उनलवे घटनामा मन्त्रीकोे पीएसओले प्रयाप्त जानकारी लिन नसकेको बताए । कुँवरले घटनालाई मध्यनजर गर्दै त्यसअघि नै २१५ नेपाल प्रहरी परिचालन गरिएको र ८ जना प्रहरी घाइते भएको जानकारी दिए ।