१० कार्तिक २०८३, मंगलबार

बालकुमारी घटनामा ओलीको टिप्पणी- दिनदहाडै मन्त्री भिडमा गएर उत्तेजित बनाएर मार्ने काम भयो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकाप्रति प्रश्न उठाएका छन् ।

नेपाली कांग्रेसले ४८ औँ मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले  दिनदहाडै मन्त्री भिडमा गएर मानिसलाई उत्तेजित बनाएर गोली चलाएर र बन्दुकको कुँजाले हानेर ठाउँको ठाउँमा मानिस मार्ने काम गरेको उनको भनाइ छ ।

अर्को प्रशंगमा ओलीले राजतन्त्रको बहस अब नेपालमा आवश्यक नरहेको स्पष्ट पारे । राजतन्त्र समाप्त भइसकेकोले अब त्यो फर्किने वा फर्काउने कुनै सम्भावना नहरेको उनको भनाइ छ ।

राजतन्त्र हटेको नभई हटाइएको कारण अब फिर्ता नल्याइने उनले बताए । ‘फाल्तु गफ हो यो राजतन्त्रको, राजतन्त्र असान्दर्भिक छ’, ओलीले भने।