
काठमाडौं, १५ पुस । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया