३१ आश्विन २०८३, शनिबार

सरगम राईको ‘चाहना बढ्दै गो’ सार्वजनिक

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो’सार्वजनिक भएको छ ।

गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ ।

प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । आफ्नी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा व्यक्त गरेका छन् ।

सोनम पाख्रिनको निर्देशन तथा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो दिनेश पराजुलीले छायांकन गरेका हुन् भने सम्पादन विजेश पौडेलको रहेको छ ।