आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

सरू गौतमले जितिन् सर्वोत्कृष्ट गायिकाको अवार्ड

दैनिक नेपाल २०८० पुष ९ गते १९:३५

काठमाडौं । गायिका सरु गौतमले सर्वोत्कृष्ट गायिकाको अवार्ड जितेकी छन् ।

आइतबार काठमाडौंमा उपमा सञ्चार प्रालिले आयोजना गरेको ‘सांस्कृतिक राष्ट्रिय म्युजिक अवार्ड २०८०’मा उनले अवार्ड जितेकी हुन् ।

गौतमको मोडर्न गीत ‘जाउन माया भागेर’ले सर्वोत्कृष्ट गायिकाको अवार्ड जितेको हो ।

आइतबार राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न विधागत अवार्डबाट कला क्षेत्रका व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित