
काठमाडौं, ९ पुस । सिजन मिडियाले विगतका वर्षहरूझैं यस वर्ष पनि ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’ राष्ट्रिय अवार्ड आयोजना गर्ने भएको छ ।
विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व र संस्थाहरूको कामको मूल्याङ्कन र उनीहरूको कामलाई अझै हौसला प्रदान गर्ने उद्धेश्यले २०८० साल माघ अन्तिम साता काठमाडौंमा अवार्ड तथा समाजसेवीहरूको कामको सम्मानस्वरूप चौंथोे संस्करणको कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।
कार्यक्रममा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा रहेर नेपाल र नेपालीको दु:ख सुखमा साथ तथा हौसला प्रदान गर्ने विभिन्न संघसंस्था तथा सामाजिक व्यक्तित्वलाई सम्मान गरिनेछ ।
विभिन्न मानवीय, महामारी, बाढीपहिरो भूकम्प तथा प्राकृतिक प्रकोपको विषम अवस्थामा दिनरात नभनी विभिन्न क्षेत्रमा अग्रपंक्तिमा खटेका व्यक्ति तथा संस्था साथै निरन्तर रूपमा सामाजिक सेवाभावले सामाजिक सेवामा काम गर्नेलाई यसपटक पनि विशेष सम्मान गर्न बताइएको हो । यस्तै सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील अन्य व्यक्तित्व तथा संस्थालाई समेत सम्मान गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।
सिजन मिडियाका कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको जानकारी दिए ।
‘सबै नागरिकमा सामाजिक भावना विगत ४ वर्षदेखि निरन्तर रूपमा उहाँहरूको जोस जागर र सामाजिक सेवालाई जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं’ उनले भने, ‘‘यसले नयाँ पुस्तालाई पनि प्रेरणा दिनेछ ।’’















प्रतिक्रिया