३१ आश्विन २०८३, शनिबार

इजरायली हमलामा ३९० प्यालेस्टाइनीको मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाजा, ७ पुस । गाजाको स्वास्थ्य मन्त्रालयले गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा ३९० प्यालेस्टाइनीको मृत्यु भएको र ७३४ जना घाइते भएको जनाएको छ ।

मन्त्रालयका अनुसार गत अक्टोबर ७ मा इजरायल-हमास द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा कम्तिमा २० हजार ५७ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने ५३ हजार ३२० जना घाइते भएका छन् ।

करिब दुई दिनको अवरोधपछि बिहीबार राति गाजामा सञ्चार र इन्टरनेट सेवा सञ्चालन भएको प्यालेस्टिनी सुरक्षा स्रोतले जनाएको छ । इजरायलले विगत दुई दिनदेखि गाजा पट्टीको अधिकांश क्षेत्रमा हवाइ, स्थल र समुद्रबाट आक्रमण गरिरहेको छ ।

त्यस्तै रफाह बाहेक गाजाका अधिकांश क्षेत्रमा इजरायली सेना र सशस्त्र प्यालेस्टिनी गुटहरूबीचको लडाइँ जारी रहेको स्रोतले जनाएको छ । सिन्ह्वा