१ कार्तिक २०८३, आइतबार

कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधन

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुवेत, १ पुस । कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधन भएको छ ।

कुवेतको आधिकारिक न्यूज च्यानलमा ८६ वर्षको उमेरमा उनको निधन भएको जानकारी दिएको हो । यसअघि टिभीमा प्रसारण हुने नियमित कार्यक्रम अचानक बन्द गरी कुरानको श्लोक देखाइएको थियो ।

कुवेतमा यो सामान्यतया तब मात्र हुन्छ जब शाही परिवारको कोहीकाे निधन  हुन्छ । आमिर केही दिनदेखि स्वास्थ्य समस्याबाट ग्रसित थिए र गत महिना मात्रै अस्पताल भर्ना भएका थिए ।

शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहले सेप्टेम्बर २०२० मा कुवेतको अमिरको पद ग्रहण गरेका थिए । एजेन्सी