
काठमाडौं, २८ मंसिर । भारतको संघीय संसद् लोकसभाको बैठक चलिरहेका बेला बैठकमा आक्रमणको प्रयास भएको छ ।
बुधबार दिउँसो लोकसभाको हिउँदे अधिवेशन अन्तर्गत बैठकमा सांसदहरुले बोल्ने क्रम जारी रहेको बेला दर्शक दीर्घाबाट हाम्फालेका दुई जना व्यक्तिले कलर स्प्रे प्रहार गरेका हुन् ।
दर्शक दीर्घाबाट हाम्फालेका उनीहरु टेबुल माथि माथिबाट सभामुखको आसनतर्फ दौडिएका थिए । नारा लगाउँदै उनीहरुले जुत्तामा लुकाएर लगेको कलर स्प्रे छर्किएका थिए । कलर स्प्रेले संसद बैठकको हलमा धुँवा फैलिएको थियो ।
घटना भएको बेला प्रधानमन्त्री नरेन्द्र मोदी भने संसद् भित्र थिएनन् । घटना ५ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको दिल्ली प्रहरीले जनाएको छ । घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ ।
सांसद हनुमान बेनिवालले यसै वर्षको सुरुमा प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद्को सुरक्षामाथि यसले धेरै गम्भीर प्रश्न उठाएको बताए । घटनाको समयमा सदनमा करिब एक सय ५० सांसद थिए भन्दै उनले सांसदहरूले घटनाको गहन अनुसन्धानको माग गरेको बताए ।















प्रतिक्रिया