
तनहुँ, २० मंसिर । तनहुँमा हराएका एक वृद्ध मृत अवस्थामा भेटिएका छन् । तनहुँ देवघाट गाउँपालिका–५ माथिल्लो बगन्दी बस्ने बर्ष ७७ को आसबहादुर गुरुङ मृत भेटिएका हुन् ।
सोमबार आफन्तको छेवरमा गएकोमा घर नआएकोले खोजतलास गर्ने क्रममा मंगलबार बिहान ७ बजे साउने पानीको भिरबाट करिब २०० मिटर तल खसेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया