
काठमाडौं, १९ मंसिर । टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाइ हुँदै छ । ४ वटा मुद्दाको आज एकै पटक पूर्ण सुनुवाइ हुन लागेको हो ।
यसअघि गत मंसिर ५ गते न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो ।
कात्तिक २७ मा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।











प्रतिक्रिया