२७ कार्तिक २०८३, शुक्रबार

एनसेल कार्यालय अगाडि प्रदर्शन गर्दै अनेरास्ववियु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले आज एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गर्दैछ ।

आज मंगलबार बिहान ८ः३० बजे लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन गरिने अनेरास्ववियुले जनाएको छ । एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएको थियो । जसले गर्दा राज्यलाई आउनुपर्ने राजश्व गुमेको छ ।

यसका विरुद्ध अनेरास्ववियुले प्रदर्शन गर्न लागेको हो । एनसेलको अपारदर्शी ठगी धन्दाविरूद्ध खबरदारी गर्न लागिएको अनेरास्ववियु अध्यक्ष समिक बडालले बताए ।