
रसुवा, १७ मंसिर । रसुवामा एक जना पथ प्रदर्शकको निधन भएको छ ।
लाङटाङ पदयात्रा सम्पन्न गरी फर्कंदै गरेका धादिङ धुनीबेँसीका ५० वर्षीय कुमार पाण्डेको मृत्यु भएको हो ।
रसुवा जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार एक विदेशी नागरिकलाई लाङटाङ घुमाई काठमाडौं फर्कने क्रममा बास बसेको लामा होटलको कोठामा उनलाई शनिबार मृत अवस्थामा भेटिएको हो ।











प्रतिक्रिया