
काठमाडौं, १६ मंसिर । नेकपा (एमाले)ले मध्यपहाडी पुष्पलाल लोकमार्गको दूरी छोट्याउन अध्ययनका लागि इन्जिनियहरुसहितको टोली परिचालन गरेको छ ।
मंसिर १४ गतेबाट समृद्धिका लागि संकल्प यात्रा नाम दिएर मध्यपहाडी लोकमार्ग अन्तर्गत आसपासका क्षेत्रहरुमा नागरिकसँग जोडिने अभियान थालेको एमालेले मध्यपहाडी लोकमार्गको दूरी छोटो बनाउनका लागि विज्ञहरुसहितको टोली परिचालन गरेको हो ।
एमालेका उपाध्यक्ष विष्णु पौडेलले अभियानमा इन्जिनियहरुसहित जाने र लोकमार्गको दूरी छोटो बनाउने उपाय र आधारबारे अध्ययन गर्ने बताए । उनले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तिमा पनि डबल लेनमा स्तरोन्नतिगर्नेतर्फ अभियानले ध्यान दिने पनि बताए । लोकमार्गका ठाउँ ठाउँमा सुरुङमार्गको डिजाइन गरेर भए पनि लोकमार्गको दूरी छोटो बनाउने बारेमा एमालेलेअभियानका क्रममा अध्ययन गर्ने बताए ।
उपाध्यक्ष पौडेलले दार्चुलाका बासिन्दा काठमाडौं आउँदा कैलाली झरेर नभइ मध्यपहाडी लोकमार्गबाट नै आउनसक्ने र पाँचथर, ताप्लेजुङका जनता काठमाडौं आउँदा झापा नझरी काठमाडौं आउनसक्ने गरी पुष्पलाल लोकमार्गको विकास गर्ने उद्देश्य रहेको बताए ।
पाँचथरको चियो भञ्ज्याङबाट सुरु हुने मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला हुँदै बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ ।











प्रतिक्रिया