२७ कार्तिक २०८३, शुक्रबार

एमाले मुगुको अध्यक्षमा पुर्ण रोकाया

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, १६ मंसिर । नेकपा (एमाले) मुगुको अध्यक्ष पुर्ण रोकाया सर्वसम्मत निर्वाचित भएका छन् ।

गत मंसिर ९ गते सदरमुकाम गमगढीमा सुरु भएको नवौँ जिल्ला अधिवेशनले रोकायाको नेतृत्वमा ७१ सदस्यीय जिल्ला कमिटी निर्विरोध गरेको हो ।

कमिटीको उपाध्यक्षमा रत्नसिंह विष्ट, सचिवमा सुरेन्द्र बहादुर मल्ल, उपसचिव मदन बानियाँ र होईजाली विक निर्विरोध निर्वचित भएको एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले जानकारी दिए ।

‘सर्वसम्मत नेतृत्व छनोटका लागि भएको लामो प्रयासले रोकायाको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ ।’ एमाले पोलिटब्युरो सदस्य मोहन बानियाँले भने, ‘बाँकी जिल्ला किमिटमा जिल्लाको भुगोल, अन्य पार्टीबाट आउने नेताहरुको व्यवस्थापनका लागि भनेर केही सिट बाँकी राखेर जिल्ला कमिटी निर्वाचित गरिएको हो ।’

पार्टी केन्द्रको अन्तर पार्टी निर्देशन अनुसार एमाले मुगुको नवौं जिल्ला अधिवेशन पार्टीका महासचिव शंकर पोखरेलले एक भव्य कार्यक्रमकाबीच उद्घाटन गरेका थिए ।