९ कार्तिक २०८३, सोमबार

दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको भन्दै दायर गरिएको रिट फिर्ताका लागि सर्वोच्चमा निवेदन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। १० मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट फिर्ताका लागि निवेदन दिएका छन् ।

प्रसाईंलाई प्रशासनले घर बाहिर निस्कन दिएसँगै उनले रिट निवेदन फिर्ताका लागि निवेदन दिएका हुन् । रिटको औचित्य सकिएकाले फिर्ताका लागि निवेदन दिएका हुन् ।

रिट फिर्ताका लागि निवेदन दिएको भएपनि सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको इजलासमा उक्त रिटमाथि सुनुवाइ भइसकेको छ ।