
काठमाडौं, ८ मंसिर । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि बाटोबाट काठमाडौं फर्किएको छ ।
जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको हो ।
जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए। जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्या देखाएपछि विमानलाई काठमाडौं फर्काइएको बताइएको छ ।
प्राविधिक समस्या उत्पन्न भएको विमानका यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको छ ।















प्रतिक्रिया