९ कार्तिक २०८३, सोमबार

दुर्गा प्रसाईंलाई घरमै ‘नजरबन्द’ गरिएको विरोधमा सर्वोच्चमा रिट

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई घरमै नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ।

प्रसाईंको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले शुक्रबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। रिटको पेसी आइतबारका लागि तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाइएको रिटमा प्रसाईंलाई नजरबन्दमुक्त गर्न माग गरिएको छ।