९ कार्तिक २०८३, सोमबार

सर्वोच्च अदालतमा प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ शुरु, उजुरी आह्वान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशबिरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले न्यायापरिषदको मंसिर ५ गतेको निर्णयानुसार सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस भएकाहरुको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

न्यायपरिषद्ले शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

समितिका सभापति पशुपतिशम्शेर जवराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनले बताए । त्यस्तै बैठकले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

सिफारिस भएका व्यक्तिलाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ ।