
काठमाडौं, ७ मंसिर । उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने ६ जनालाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै सजाय सुनाएको छ ।
सातजनामध्ये ६ जनालाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । अदालतले रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावल दोषी ठहर गरेको हो ।
सहयोगी रहेका भनिएका दिपकराज ओझालाई भने अदालतले सफाइ दिएको हो । अदालतले उपप्राध्यापकको उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५९३ रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको छ ।















प्रतिक्रिया