१० कार्तिक २०८३, मंगलबार

माओवादीसँगको एकताका लागि नेसपाले बनायो समिति

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि समिति गठन गरेको छ । नेसपाले अध्यक्ष डा। बाबुराम भट्टराईको संयोजगत्वमा पाँच सदस्यीय संयोजन समिति बनाएको हो ।

बुधबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले माओवादी लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकताका लागि समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह सदस्य रहेको समिति गठन गरेको हो ।

त्यस्तै, बैठकले संगठन निर्माण तथा विस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पुर्‍याउने निर्णय पनि गरेको छ।