
गुल्मी, ६ मंसिर । गुल्मीको रेसुङ्गा नगरपालिकाले भोलि बिहीबार सार्वजनिक बिदा दिने भएको छ ।
मंगलबार एक सूचना जारी गर्दै नगरपाालिकाले प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले बिहीबार हरिवोधनी एकादशीका दिन बिदा दिएको जनाएको हो ।
बिहीबार रेसुङ्गा नगर कार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालय, सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्था र अन्य सार्वजनिक संस्था बन्द रहने प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिएका छन् ।












प्रतिक्रिया