मंगलबार, १ असोज २०८१
DainikNepal.com
मंगलबार, १ असोज २०८१

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

दैनिक नेपाल २०८० कार्तिक २६ गते ८:००

काठमाडौं, २६ कात्तिक । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ ।

यसैगरी, युरो एकको खरिद दर १४२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७३ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६३ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित