
अछाम, २२ कात्तिक । अछाममा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायल खेतालीगाउँ अछामकी २९ वर्षीया सरस्वती देउकरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।
मंगलबार घर नजिकै घाँस काट्ने क्रममा अरिङ्गालको गोलाले टोकेपछि उनी चिच्याएकी थिइन् । उनी चिच्याएको थाहा पाएपछि घर परिवार र छिमेकीहरूले बयालपाटा अस्पताल पुर्याए पनि उपचारको क्रममा उनको मृत्यु भएको हो ।











प्रतिक्रिया