१ कार्तिक २०८३, आइतबार

अब टिकटकमा जथाभावी पोष्ट गरे कारबाही हुने

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । अब भिडिओ सामाजिक सञ्जाल टिकटकमा जथाभावी पोष्ट गरे कारबाही हुने भएको छ ।

आज नेपाल प्रहरी र टिकटकका अधिकारीहरुबीच सामाजिक सञ्जाल टिकटकको दुरुपयोग रोक्ने विषयमा छलफल भएको हो । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानुनी सामग्री स्वत: हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबाट आएका प्रतिनिधिबीच शुक्रबार गृहमन्त्रालयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन्।

छलफलमा गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकायलगायतका सरकारी निकाय एवं टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी थिए ।

जिम्मेवार नागरिकको रुपमा सामाजिक सञ्जालमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र कारबाहीबाट बच्न गृह मन्त्रालयले आग्रह गरेको छ ।