१ कार्तिक २०८३, आइतबार

तिहार गीत ‘झिलीमिली’ सार्वजनिक (भिडिओसहित)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा गायक आशिष रायमाझी, गायिकाद्वय पवित्रा गुरुङ र गायिका नितु पुनको स्वरमा रहेको ‘झिलीमिली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा स्वयम गायक रायमाझीको शब्द, संगीत र संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा गायक रायमाझी, पवित्रा गुरुङ, नितु पुन , प्रजिना गुरुङ र टीमको अभिनय रहेको छ।

सनम तामाङले छायाँकन गरेको यस गीतको भिडिओलाई अर्जुन खड्काले सम्पादन गरेका हुन्। विजय मगरको निर्देशनमा भिडियो तयार पारिएको हो।

गायक रायमाझी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा टप १० मा पर्न सफल प्रतियोगी हुन्। यसअघि उनले ‘सपनीमा’, ‘मोहनी’ लगायत गीत तथा म्युजिक भिडिओ सार्वजनिक गरिसकेका छन्।

‘द भ्वाइस अफ नेपाल’ का यसअघिका सिजनमा पवित्रा र नितुलेसमेत सहभागिता जनाएका थिए। झिलीमिली बोलको म्युजिक भिडियो गायक रायमाझीको युट्युव च्यानल आशिष रायमाझी’ मार्फत सार्वजनिक गरिएको हो।