३१ आश्विन २०८३, शनिबार

जुवाखालबाट समातिए सुलेमान शंकर ‘इकु’ सहित ९ जना कलाकार

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । जुवा खेलिरहेको अवस्थामा काठमाडौंमा ९ जना कलाकार पक्राउ परेका छन् ।

काठमाडौंको मैतिदेवीस्थित डान्स सेन्टरमा जुवा खेलिरहेको अवस्थामा गत शनिबार सुलेमान शंकर ‘इकु’ सहित ९ जना कलाकारलाई प्रहरीले पक्राउ गरेको हो ।

जुवाखालबाट पर्नेहरुमा सुलेमान सहित गजित विष्ट, शंकर आचार्य, नरेन्द्र विष्ट, रोशन सिंह, चक्र बम, साहिन मगर, सुरेन्द्र पाल र घनश्याम अधिकारी रहेका छन् ।

उनीहरुको साथबाट एक लाख ९० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरु प्रहरी वृत सिंहदरबारको हिरासतमा छन्।