
काठमाडौं, १४ कात्तिक। बाँकेको नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णयविरूद्वको रिट न्यायाधीसत्रय ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासमा पेशी तोकिएको छ ।
श्रीमान चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
यसअघि असोज २५ गते तोकिएको पेशी हेर्न नमिल्नेमा परेको थियो ।















प्रतिक्रिया