सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

विश्व पक्षघात दिवस नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइयो

दैनिक नेपाल २०८० कार्तिक १२ गते १९:३२

काठमाडौं, १२ कात्तिक । आज विश्व पक्षघात दिवस । नेपालमा पनि सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ।

विश्व पक्षघात दिवसको अवसरमा आइतबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा नेपाल पक्षघात संघ र ग्राण्डी इन्टरनेशनल हस्पिटल लगायतका अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरुले जनचेतनामुलक कार्यक्रम गरेर मनाइएको हो।

विश्व पक्षघात दिवसको अवसरमा आइतबार काठमाडौंको रत्नपार्कमा जनचेतनामूलक प्लेकार्ड बोकेर वाकथनसमेत गरिएको थियो । साथै नेपाल पक्षघात संघ र ग्राण्डी इन्टरनेशनल हस्पिटल ग्राण्डी इन्टरनेशनल अस्पतालले सो अवसरमा आइतबार रत्नपार्कको शान्ति बाटिकामा स्वास्थ्य शिविरको समेत आयोजना गरेको थियो ।

स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै नेपाल पक्षघात संघका अध्यक्ष तथा ग्राण्डी इन्टरनेशनल हस्पिटलका न्युरोलोजिस्ट डा. राजु पौडेलले पक्षघातबाट बच्ने उपायका प्लोकार्डहरु बोकेर वाकथन गरेको र स्वास्थ्य शिविर सञ्चालन गरेको बताए । उनले पक्षघात धेरैजसो वृद्धहरूमा हुने भएकाले वर्षमा एकपटक पूर्ण रुपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने बताए । उनले बालबालिकामा पनि पक्षघातको समस्या बढ्दै गएकाले सचेत र सजग रहन आग्रह गरे ।

उनले भने, ‘जनचेतनाका लागि हामीले विभिन्न पक्षघातबाट बच्ने उपायका प्लोकार्डहरु बोकेर वाकथन गरेका छौँ । यो कार्यक्रम देशभरका विभिन्न शहरमा गरेका छौँ । पक्षघात धेरैजसो बुढो उमेरमा हुन्छ, बालबालिकामा पनि समस्या देखिन्छ, कुनैपनि उमेरलाई छोड्दैन, तर यो धेरैजसो ६० वर्षपछि बढी देखिन्छ । मुटुको समस्या भएकालाई पक्षघातले असर गर्छ । हामीले चेकअप गरिरहनु पर्छ । बाहिरी खानेकुराहरु कम गर्दै जानुपर्छ । अचानक सन्तुलन बिग्रिने, बोली लरबरिने, हातखुट्टा लुलो हुने र आवाजमा अचानक परिवर्तन आए, साढे ४ घण्टाभित्र अस्पताल पुग्नसके समयमै उपचार गर्न र ज्यान जोगाउन सकिन्छ ।’

डा. राजु पौडेलले अचानक सन्तुलन बिग्रिने, बोली लरबरिने, हातखुट्टा लुलो हुने र आवाजमा अचानक परिवर्तन आउने जस्ता लक्षण देखिए लक्षण देखिएको साढे ४ घण्टाभित्र अस्पताल पुग्नसके समयमै उपचार गर्न र ज्यान जोगाउन सकिने बताए ।

त्यस्तै, वरिष्ठ न्युरोलोजिस्ट डा. लेख जंग थापाले सही अस्पतालमा सही डाक्टरले उपचार गरेमा पक्षघात पूर्णरुपमा निको हुने जानकारी दिए । थापाले जति सक्यो छिटो उपचार गरे पक्षघात निको हुने बताए । डा. थापाले पक्षघातको उपचार नेपालमा राम्रो हुने गरेको बताए ।
हामी सबै मिलेर काम गर्‍यौँ भने पक्षघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आइतबार विश्व पक्षघात दिवस नेपालमा पनि मनाइएको छ ।

प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर यो दिवस मनाईन्छ । नेपाल पक्षघात संघको नेतृत्वमा विभिन्न अस्पतालका न्युरोलोजिस्ट, न्युरोसर्जन यो क्षेत्रमा कार्य गर्दैै आएको संघसंस्थाले स्वास्थ्य र पक्षघात सम्बन्धि प्लेकार्डसहित ओकाथन गरेको छ । साथै डाक्टर, प्यारामेडिक्स, फिजियोथेरापिष्ट, डाइटिसियनलगायतका विभिन्न सम्बद्ध पक्षसँग अन्तर्क्रिया कार्यक्रम गरेको छ ।

अचानक सन्तुलन गुम्नु, बोली लर्रबराउने, हातखुट्टा कमजोर हुने, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षघातका लक्षण हुन् । उल्लेखित लक्षण देखिएको चार घण्टाभित्र अस्पताल पुग्न सके पक्षघात हुनबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् ।

पक्षघातको उपचारका लागि नेपाल पक्षघात संघले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नुका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित