
मकवानपुर, १२ कात्तिक । गाउँमा दसैँ मनाएर सहर फर्किदैँ गरेका सवारी साधनहरुबाट घरेलु मदिरा बरामद गरिएको छ ।
मकवानपुर प्रहरीले कान्तिलोकपथ हुँदै काठमाडौं उपत्यका जाँदै गरेको विभिन्न यात्रुवाहक सवारी साधनमा सवार यात्रुहरुले लिएर आएको घरेलु मदिरा नियन्त्रणमा लिइ उनीहरुलाई नै मदिरा नष्ट गर्न लगाएको हो ।
हिजो शनिबार बिहान १० बजे देखि साँझ ५ बजेसम्म मकवानपुरको बकैया गाँउपालिका-१२ ठिंगन स्थित कान्तिलोकपथमा विभिन्न यात्रुवाहक सवारी साधनमा सवार यात्रुहरुले मिनल वाटर, कोक तथा डिउको बोटलमा भरी लिई आएको घरेलु मदिरा अन्दाजी ३७५ लिटर फेला पारी सवारी साधनमा सवार यात्रुहरुको रोहोवरमा सम्बन्धित मदिराधनिलाई नै मदिरा नष्ट गर्न लगाइएको मकवानपुर प्रहरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।













प्रतिक्रिया