२७ कार्तिक २०८३, शुक्रबार

मुकेश अम्बानीलाई फेरि ज्यान मार्ने धम्की, २०० करोड रुपैयाँ माग

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीलाई फेरि ज्यान मार्ने धम्की आएको छ । उनलाई शनिबार आएको इमेलमा एक अज्ञात व्यक्तिले २०० करोड रुपैयाँ मागेका छन् ।

यसअघि शुक्रबार २७ अक्टोबर साँझ सोही मेल आइडीबाट २० करोड रुपैयाँ माग गरिएको थियो ।

प्रहरीका अनुसार सोही एकाउन्टबाट आएको मेलमा ‘हाम्रो इमेलमा कुनै प्रतिक्रिया आएको छैन्, त्यसैले अहिले रकम रु दुई सय करोड छ, यदि नपाएमा मृत्यु वारेन्टमा हस्ताक्षर गरेको विचार गर्नुहोस् ।’ भन्ने लेखिएको छ ।

यसअघि शुक्रबारको मेलमा भनिएको थियो, ‘यदि तपाईंले हामीलाई २० करोड रुपैयाँ दिनु भएन भने हामी तपाईंलाई मार्नेछौँ । हामीसँग भारतमा उत्कृष्ट शूटरहरू छन् ।’

यसअघि पनि अम्बानी र उनको परिवारलाई पटकपटक ज्यान मार्ने धम्की आएको थियो । जसका कारण भारतको केन्द्रीय गृह मन्त्रालयले उनको सुरक्षा बढाएको थियो । सुरक्षा खर्च अम्बानीले ब्यहोर्दै आएका छन् । यो खर्च मासिक ४० देखि ४५ लाख रुपैयाँ हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।