
वीरगञ्ज, १० कात्तिक । नेकपा (एमाले) प्रथम मधेश प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश कमिटी सदस्यहरुको शपथ ग्रहण कार्यक्रम यहि कात्तिक १८ गते वीरगञ्जमा हुने भएको छ ।
प्रदेश सदस्यहरुलाई पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम रहेको एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल जानकारी दिए ।
कार्यक्रमको व्यवस्थापन एमाले पर्सा जिल्लाले गर्नेछ । मधेश प्रदेश कार्यालयको दोश्रो बैठकले यस्तो निर्णय गरेको हो । आश्विन २४ देखि २७ गते सम्म चलेको प्रथम अधिवेशनले ५ जना पदाधिकारी सहित २३५ सदस्सीय प्रदेश कमिटी सर्वसहमत चयन गरेको थियो ।
कार्यक्रममा प्रदेस कमिटी सदस्यहरु, प्रदेश लेखा आयोगका पदाधिकारी तथा सदस्यहरुलाई शपथ गराइनेछ भने केन्द्रीय सदस्यहरु र केन्द्रीय निकायका सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।
कार्यक्रममा पर्साबाट पार्टीका जिल्ला कमिटी सदस्यहरु, पालिका कमिटी सदस्यहरु, जनसंगठनका केन्द्रीय सदस्यहरु, प्रदेश तथा जिल्ला कमिटी सदस्यहरुसहित सहभागी गराउने र बाराबाट पनि आवश्यकता अनुसार सहभागि गराउने निर्णय गरिएको सचिव पौडेलले बताए ।
मधेश प्रदेश कमिटिका अध्यक्ष चन्देस्वर मण्डलको अध्यक्षतामा र पार्टीका पोलिट्ब्यूरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यता सम्पन्न बैठकको सहजिकरण सचिव मनोज पौडेल र स्वागत उपाध्यक्ष विचारी यादवले गरेका थिए भने बैठकमा केन्द्रीय सदस्यहरु प्रभु हजरा, अरबिन्द सिहं, राजकुमार गुप्ता तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य विजय सरावगी र पर्सा अध्यक्ष डा.विश्वम्भर शर्माको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया