२७ कार्तिक २०८३, शुक्रबार

दाङमा रित्तिदै नेकपा एस, केन्द्रीय परिषद् सदस्य गैरे एमालेमा फर्किए

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १० कात्तिक । नेकपा (एकिकृत समाजवादी)का केन्द्रीय परिषद् सदस्य तथा दाङ क्षेत्र नं. १ का इञ्चार्ज रामप्रसाद गैरे नेकपा (एमाले)मा फर्किएका छन् ।

दाङ लमहीमा आयोजित कार्यक्रममा समाजवादी परित्याग गरी गैरे एमालेमा प्रवेश गरेका हुन् । गैरेलाई एमाले महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराए ।

गैरेले समाजवादी पार्टीलाई जनताले अनुमोदन नगरेकाले आफू एमालेमै फर्किएको बताए ।

‘समाजवादी पार्टीलाई जनताले अनुमोदन गरेनन् । फुटेर कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सकिँदो रहेनछ । म मूलधारमा फर्किएँ’ एमाले प्रवेश गर्दै गैरेले भने, ‘समाजवादी मोर्चामा माओवादीको एकाधिकार हुन थाल्यो । त्यसले आन्दोलनलाई अघि बढाउन सकिँदैन । म एमालेमै फर्किने निधो गरेँ र अहिले पार्टी प्रवेशसमेत गरिसकेको छु । पार्टीले दिने जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु ।’

दाङमा समाजवादीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्दै जाँदा यहाँ समाजवादी कमजोर बन्दै गएको छ ।  यसअघि जिल्ला अध्यक्षसहित केन्द्रीय स्तरका नेताहरु एमालेमा प्रवेश गरिसकेका छन् ।

समाजवादीबाट दाङ क्षेत्र नं. १ मा निर्वाचित सांसद मेटमणि चौधरी आफ्नो निर्वाचन क्षेत्रमा एक्लिँदै गएका छन् । उनलाई साथ दिएकाहरु अहिले एमालेमा फर्किसकेका छन् ।