२७ कार्तिक २०८३, शुक्रबार

हेटौंडामा जुवातास खेल्ने ९ जना पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

मकवानपुर, १० कात्तिक । मकवानपुर प्रहरीले जुवातास खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ ।

बिहीबार साँझ हेटौंडा उपमहानगरपालिका-७ देवी वन टोलस्थित गोकुलनाथ पौडेलको घरमा हारजित हुने गरी जुवातास खेलिरहेका ९ जनालाई पक्राउ गरिएको मकवानपुर प्रहरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा घरधनी पौडेलसहित सोही ठाउँका रुपक चौलागाई, वीरेन्द्र खत्री, हेटौंडा-८ का मंदिप पौडेल, अजय खड्का, हेटौंडा-१५ का ओम घलान, हेटौंडा-८ का रोहितकुमार के.बी., भरत तितुङ र हेटौंडा-७ का सविन चौलागाई रहेका छन् ।

उनीहरुको साथबाट ४ बुक ताससहित ४ लाख ६५ हजार ३९० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।